ad ad

अपराध


‘दास हत्यामा उनकै छोरा र ज्वाइँ संलग्न, ५ लाखमा ल्याएका थिए सुटर’

‘दास हत्यामा उनकै छोरा र ज्वाइँ संलग्न, ५ लाखमा ल्याएका थिए सुटर’

अभियुक्त छोरा र ज्वाइँ


जयन्त ठाकुर
पुस २०, २०७९ बुधबार ११:४७, जनकपुरधाम

धनुषाको मुखियापट्टी मुसहरनियाका धानुक दासको हत्यामा उनकै छोरा र छोरीज्वाइँ संलग्न रहेको पाइएको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का ४० वर्षीय दासको हत्या अभियोगमा प्रहरीले उनकै छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरेको हो। एक जना फरार रहेको प्रहरीले जनाएको छ। 

दास हत्या आरोपमा प्रहरीले उनका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र एक जना सुटर धनुषाको नगराइन नगरपालिकास्थित जटहीका रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको हो। दासका ज्वाइँ उदय मधेश प्रहरी कार्यालय जनकपुरमा चालक पदमा कार्यरत व्यक्ति हुन्। 

तीनै जनालाई मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो। हत्यामा संलग्न भारत बिहारको खजुलीका आकाश भनिने सोनु मिश्रा भने फरार रहेकाले खोाजी भइरहेको प्रहरीले जनाएको छ। 

यही पुस ९ गते साँझ घरमै किराना पसल चलाइरहेका बेला दासलाई गोली हानिएको थियो। मोटरसाइकलमा आएका दुई व्यक्ति उनलाई गोली हानेर भागेका थिए। गोली लागेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकपुरधाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 

घरमा सम्पत्तिको विवाद भइरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दाबी छ। प्रहरी स्रोतका अनुसार सुटरहरूलाई दुई पटकमा गरी ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .