अपराध


काठमाडौँमा एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

काठमाडौँमा एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर १६ , काठमाडौँ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो। 

पक्राउ परेका तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

तामाङ यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा रु २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु १८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन्। 

प्रहरीले पक्राउ तामाङसँग एक हजार दरका नोट चार सय नौ थान, पाँच सय दरका नोट ८० थान, एक सय दरका नोट एक सय ७५ थान, ५० दरका नोट एक सय ७५ थान, २० दरका नोट तीन सय ५० थान, १० दरका नोट चास सय ४० थान र पाँच दरका नोट एक सय ८० थान बरामद गरेको छ।

पक्राउ परेका तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए। रासस

मंसिर १६, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.