अपराध


स्रोत नखुलेको २० लाखसहित २ जना पक्राउ

स्रोत नखुलेको २० लाखसहित २ जना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १२:५९, जनकपुरधाम

स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्तालाई पक्राउ गरेको हो।

सवारीसाधन जाँच गर्ने क्रममा कामदले चलाएको प्र–०१–०२–०४६प ५६३१ नंको मोटरसाइकल पछाडि सवार गुप्ताले बोकेको कालो रङको झोलाभित्र स्रोत नखुलेको नेपाली नोट रु २० लाख बरामद भएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। 

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad