कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित प्युठान, प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक शुशीललाई पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको प्रहरीले बताएको छ।
114
Shares

प्रतिक्रिया