अपराध


भक्तपुरमा ११ वर्षीया बालिका बलात्कृत

भक्तपुरमा ११ वर्षीया बालिका बलात्कृत

नेपालखबर
असोज २५, २०७९ मंगलबार १४:५४, काठमाडौँ

भक्तापुरमा सोमबार राति ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। 

सूर्यविनायक नगरपालिका २ बालकोटमा नुवाकोटको बेलकोटगढी नगरपालिका १३ का ३५ वर्षीय रामबहादुर सुनारले बलात्कार गरेको आरोप लागेको छ। 

रामबहादुरलाई प्रहरी बृत्त ठिमीले पक्राउ गरिसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए।

डेरामा आफ्ना अविभावकसँगै बस्दै आएकी उनलाई डेरामै पुगेर रामबहादुरले बलात्कार गरेको जाहेरी परेको छ।

रामबहादुरले ठिमी बृत्तको हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad