इटहरीकी मनिला बुढाथोकी मृत्यु प्रकरणमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको छ।
इटहरी उपमहानगरपालिका–५ की बुढाथोकीको गर्भपतन गराएको ३ दिनमै मृत्यु भएको थियो।
बुढाथोकीको मृत्यु भएपछि माइती पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले कोईन्द लुइँटेललाई पक्राउ गरेको हो।
साउन २३ गते गर्भपतन गराएकी मनिलाको २६ गते मृत्यु भएको थियो।
अत्याधिक रक्तश्राव भएर विराट मेडिकल कलेजमा उपचारको लागि लगिएकी बुढाथोकीको उपचारकै क्रममा मृत्यु भएको मृतकका मामा होम बहादुर खड्काले बताए।
कर्तब्य गरि हत्या गरेको भन्दै माइती पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले लुइँटेललाई पक्राउ गरेको जनाएको छ।
मनिलाको पछाडिको भाग तथा घाँटीमा पनि नीलडाम रहेको भन्दै परिवारले हत्या गरेको माइती पक्षको आरोप छ।
117
Shares
प्रतिक्रिया