ad ad

अपराध


बझाङ घटना : सीआईबी टोली घटनास्थलमा, श्रीमान् समातिए

बझाङ घटना : सीआईबी टोली घटनास्थलमा, श्रीमान् समातिए

घटनास्थल


गोकुल जोशी
साउन २७, २०७९ शुक्रबार १३:१८, कञ्चनपुर

बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ। 

प्रहरी निरीक्षक नेतृत्वको सीआईबीको टोली जिल्लाको अनुसन्धान टोलीलाई घटना अनुसन्धानमा सघाउन बिहीबार बेलुका बझाङ पुगेको हो।

सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने छ। 

‘इन्स्पेक्टर सावको नेतृत्वमा सीआईबीको टिम पुगेको छ, सो टिमले पनि घटनाको अनुसन्धान गरिरहेको छ’, प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘बेलुका घटनास्थल पुगेको थियो, आज बेलुका जिल्ला आउँछ।’

बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीया छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए।
उनीहरुको जिल्ला अस्पताल चैनपुरमा पोस्टर्माटम सकेर शुक्रबार दाहसंस्कारको गरिँदै छ। 

मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

‘श्रीमान् हाम्रो नियन्त्रणमा छन्, माइती पक्षले उनीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन्’, जिल्ला प्रहरी कार्यालय (बझाङ) का प्रहरी निरीक्षक रमेश अवस्थीले भने, ‘उनीमाथि सोधपुछ भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .