सर्लाही जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षिय सुमन विक छन्।
प्रदेश ०२–००३–००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका विकलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ।
उनको साथबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको ब्रासलेट १ थान, चाँदीको औँठी १ थान, मोबाइल सेट ३ वटा र उक्त मोटरसाईकल समेत बरामद गरिएको छ।
126
Shares

प्रतिक्रिया