ad ad

अपराध


बुटवलमा किशोरी मृत्यु प्रकरण : युवक र होटल सञ्चालक पक्राउ

बुटवलमा किशोरी मृत्यु प्रकरण : युवक र होटल सञ्चालक पक्राउ

सुदीप भण्डारी
असार ३०, २०७९ बिहिबार १४:५६, बुटवल

बुटवल गोलपार्क होटलमा १७ वर्षीया किशोरी मृत फेला परेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

किशोरीसँग होटलमा गएका २० वर्षीय असिम श्रेष्ठ र होटल सञ्चालक ४५ वर्षीय रामप्रसाद अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।  

असार २५ गते राति साढे १ बजे बुटवल २ की समीक्षा गुरुङ होटलमा मृत फेला परेकी थिइन्। उनलाई तन्नाको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पारिएको थियो।

किशोरीको संगतमा रहेकाहरुसँगको सोधपुछ, फोन म्यासेज अनुसन्धान विश्लेषण गरेर असिमलाई सोधपुछ गर्दा उनले आफू किशोरीसँग होटलमा गएको स्वीकार गरेको बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। 

घटनापछि समीक्षाका बाबु सन्दीप गुरुङले असिम र होटल सञ्चालक विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीमा जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुर गरेको उल्लेख छ।

होटल सञ्चालक अर्यालले आएका ग्राहकलाई नचिनेको बताएको, सही अभिलेख नराखेको डीएसपी केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .