ad ad

कार


हुन्डाई र एप्पलले स्वचालित विद्युतीय कार उत्पादन गर्दै

हुन्डाई र एप्पलले स्वचालित विद्युतीय कार उत्पादन गर्दै

नेपालखबर
पुस २८, २०७७ मंगलबार ७:३१,

चर्चित कार कम्पनी हुन्डाई र स्मार्टफोन निर्माता एप्पलले साझेदारीमा स्वचालित विद्युतीय कार उत्पादन गर्ने भएका छन्।

दुई कम्पनीले आगामी मार्चसम्ममा यससम्बन्धी साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने र सन् २०२४ सम्ममा अमेरिकामा स्वचालित कार उत्पादन नै गर्ने रोयटर्सले जनाएको छ।

कोरियाली आईटी न्युजलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार हुन्डाई मोटर्सले गत शुक्रबार एक वक्तव्य जारी गर्दै एप्पलसँग यसबारे कुराकानी भएको बताएको थियो। कोरियाली सञ्चारमाध्यमका अनुसार सन् २०२७ मा दुई कम्पनीले स्वचालित विद्युतीय कार बजारमा ल्याउने योजना बनेको छ।

यो समाचारसँगै हुन्डाईको सेयर समेत झण्डै २० प्रतिशतले बढेको रोयटर्सले जनाएको छ। यद्यपि हुन्डाई र एप्पल दुवैले समाचारबारे औपचारिक प्रतिक्रिया दिइसकेका छैनन्। आईटी न्युजले भने कार उत्पादन स्थल र उत्पादन क्षमताबारे समेत खुलाएर विस्तृतमै समाचार प्रकाशन गरेको छ।

आईटी न्युजले पहिलो भर्सनको समाचारमा जर्जिया राज्यमा रहेको किया मोटर्सको फ्याक्ट्रीमा कार निर्माण गर्नलागेको बताएको थियो। त्यहाँ २०२४ सम्म १ लाख कार नै उत्पादन गर्ने योजना बनेको रिपोर्टमा जनाइएको छ। प्रस्तावित प्लान्टको पूर्णक्षमता भने वर्षको ४ लाख कार उत्पादन हुनेछ।

किया मोटर्स हुन्डाईकै सम्बन्धनप्राप्त कम्पनी हो। उक्त रिपोर्टअनुसार हुन्डाई र एप्पलले अर्को वर्ष बेटा भर्सनको कार सार्वजनिक गर्ने योजना बनाएका छन्। रोयटर्सले गत महिना नै एप्पल स्वचालित कार उत्पादन प्रविधिमा अघि बढिरहेको जनाउँदै पेसेन्जर भेहिकल उत्पादनको लक्ष्य राखेको समाचार प्रकाशित गरेको थियो। आफ्नै नयाँ ब्याट्री प्रविधियुक्त कार २०२४ मा सार्वजनिक हुने जनाइएको थियो।

समाचारपछि हुन्डाईको सेयर सोमबार १४.६ प्रतिशतले बिहानी सेसनमा बढेको थियो। त्यस्तै कियाको पनि सेयर बढेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .