समाज


ट्रम्प समर्थकले थप हिंसात्मक गतिविधि गर्नसक्ने एफबीआईको चेतावनी

ट्रम्प समर्थकले थप हिंसात्मक गतिविधि गर्नसक्ने एफबीआईको चेतावनी

नेपालखबर
पुस २८, २०७७ मंगलबार ७:१६,

अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईको रिपोर्टअनुसार ट्रम्पका समर्थकले नयाँ राष्ट्रपतिको शपथग्रहण कार्यक्रम अगाडि नै ५० राज्यको राजधानी वासिङ्टनमा जम्मा भएर प्रदर्शन गर्ने योजना बनाएका छन्।

यसअघि गतहप्ता ट्रम्पका समर्थकले चुनावमा धाँधली भएको भन्दै अमेरिकी संसदमा तोडफोड गरेका थिए।

ट्रम्पले आफूले प्रक्रियागत हिसाबमा सत्ता हस्तान्तरण गर्ने बताएपनि चुनावमा धाँधली भएकै हो भन्ने दाबी छाडेका छैनन्।

FBI report: number of police killed nearly doubled in 2014 | News | DW |  11.05.2015

उनले आफू बाइेडनको सपथग्रहणमा उपस्थित नहुने घोषणा गरिसकेका छन्।

एफबीआईले शपथ कार्यक्रमलाई शान्तिपूर्ण ढंगाबाट सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई कडा बनाइने पनि जानकारी दिएको छ।

अधिकारीहरुका अनुसार शपथग्रहण समारोहलाई सुरक्षा प्रदान गर्न १५ हजार राष्ट्रिय गार्डका विशेष फौजलाई तैनाथ गर्न सकिनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .