ad ad

कार


सुरक्षामा ५ स्टार पाएको टाटा प्रिमियम हचब्याग अल्ट्रोजमा नेपालीको चासो, यस्ता छन् विशेषता

सुरक्षामा ५ स्टार पाएको टाटा प्रिमियम हचब्याग अल्ट्रोजमा नेपालीको चासो, यस्ता छन् विशेषता

नेपालखबर
असोज ७, २०७७ बुधबार ८:१४,

टाटाको प्रिमियम हचब्याग अल्ट्रोज चाड पर्वलक्षित गर्दै नेपालमा ल्याएको छ।

भारतमा अत्यधिक रुचाइएको अल्ट्रोज कारमा नेपाली ग्राहकले पनि अत्यधिक चासो राखेका छन्।

‘गोल्ड स्ट्यान्डर्ड अल्ट्रोज’ नेपालमा सार्वजनिक गर्दै टाटाले अल्ट्रोज नेपालमा कुनै गाडीसँग प्रतिस्पधा गर्नु नपर्ने बताएको छ।

नेपालमा बिक्री गर्दै आएका अन्य हचब्याग गाडीले अल्ट्रोजसँग प्रतिस्पर्धा गर्नुपर्ने टाटाको भनाइ छ।

अल्ट्रोज किन पनि खास छ भने सुरक्षाको हिसाबले ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाएको गाडी हो। अल्ट्रोजको डिजाइन विश्वकै सुरक्षित धातुबाट बनाइएको कम्पनीले दाबी गरेको छ।

सुरक्षामा अब्बल रहेको टाटाको नेक्सनले समेत ५ स्टार रेटिङ पाएको थियो।

टाटाले अल्ट्रोजमा सबैभन्दा बढी सुरक्षा र सुविधाको लागि ध्यान दिएको छ। गाडीको सुरक्षाको लागि ९.३ भर्जनको एबीएस ब्रेकिङ सिस्टम रहेको छ। इलेक्ट्रिोनिक ब्रेकफोर्स सबै पांग्रामा हुनेछ। बीएस ६ इन्जिनसहितको अल्ट्रोजमा डुअल फ्रन्ट एयरब्याग रहेको छ।

३४५ लिटर बुट स्पेस रहेको गाडीमा राम्रो साउन्ड सिस्टम रहेको छ। सामग्री राख्न बुट स्पेस ठूलो हुँदा गाडीमा धेरै सामग्री लिएर हिँड्न पनि सजिलो हुनेछ।

रिभर्स पार्किङ क्यामेरा रहेको गाडीमा बच्चालाई सुरक्षाको लागि छुट्टै सिटको समेत व्यवस्था गरिएको छ। गाडीको ढोका खुल्दा भ्वाइस अलर्ट सिस्टम रहेको छ। जसले कुने दुर्घटना हुनबाट जोगाउन सक्छ।

आउट स्ट्यान्डिङ राइड एण्ड हेन्डलिङसँगै सुरक्षामा विशेष ध्यान दिएको छ। गाडीमा मल्टी ड्राइभ मोड छ– स्पोर्ट सिटी वा इको। जुन आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ।

गाडीको ढोका ९० डिग्रीसम्म खुल्न सक्छ। जसले वृद्ध मानिसलाई गाडी चढ्न पनि सहज हुनेछ। गाडीको स्टार्ट पुस बटमबाट गर्न सकिन्छ।

कम्पनीले नेपालमा हचब्यागमा अल्ट्रोज अत्यधिक रुचाइएको गाडीमा पर्ने आशा गरेको छ। निकै आरामदायी, ठूलो स्पेस, विशिष्ट फिचर तथा ठूला कारको जस्तै प्रस्तुति दिनसक्ने कम्पनीको दाबी छ।

टाटाले नेपालमा ३८ वर्षदेखि सेवा दिइरहेको छ। नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टाटाले गाडी नेपालमा ल्याउँदै आएको छ। टाटाले सुरुमा कमर्सिलय भेहिकल मात्रै उत्पादन गर्दै आएकोमा पछिल्लो समयमा प्यासेन्जर भेहिकलमा पनि राम्रो बजार ओगट्न सफल भएको छ।

टाटा अल्ट्रोजको एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ। एक्सएमको ३२ लाख ५५ हजार, एक्सटीको ३५ लाख ५५ हजार रहेको छ।

अल्ट्रोजको सबैभन्दा बढी मूल्य ३८ लाख ५५ हजार रुपैयाँ रहेको छ।

अल्ट्रोज १.२ लिटर रिभोर्टन पेट्रोल इन्जिन र डिजेल १.५ लिटर ट्रर्बोचार्ज्ड दुवै इन्जिन उपलब्ध रहेको छ। ३ सिलिन्डरको पेट्रोल गाडी १२ सय सीसीको रहेको छ। जसले अधिकतम ६ हजार आरपीएममा ८६ पीएस र ३३ सय आरपीएममा ११३ टर्क शक्ति जेनेरेट गर्छ।

४ सिलिन्डरसहित १५ सय सीसीको डिजेल इन्जिनको गाडीले ४ हजार आरपीएममा ९० पीएस जेनेरेट गर्छ।

उक्त गाडीमा ५ स्पिड मेनुअल ट्रान्समिसन रहेको छ भने गाडीको लम्बाइ ३ हजार ९९०, चौडाइ १७५५ र उचाइ १५२३ एमएम रहेको छ। अल्ट्रोजको ह्विल बेस २५०१ छ भने ग्राण्ड किलियरेन्स १६५ एमएम रहेको छ।

त्यस्तै आरामदायी सिट रहेको गाडीमा फ्लोटिङ ७ इन्च इन्फोटेन्मेन्ट सिस्टम रहेको छ। जसमा एन्ड्रोइड र एप्पल कार प्ले प्रयोग गर्न सकिन्छ । गाडीमा ७ इन्च कलर टीएफटी इन्स्टिुमेन्ट कल्स्टर, अटो हेड ल्याम्पस, क्रुस कन्ट्रोल र रेन सेन्सिङ वाइपर रहेको छ ।

५ वटा कलरमा अल्ट्रोज उपलब्ध रहेको छ। गोल्ड, स्काई लाइन सिल्भर, डाउन टोन रेड, मिडटोन ग्रे, एभिन्यु ह्वाइटमा उपलब्ध हुने छ । नेपालमा अहिले सिमित कलरमा उपलब्ध भएपनि पछि सबै कलरमा आउने कम्पनीले जनाएको छ।

टाटाको सर्भिस नेटवर्क देशका १५ ठाउँमा रहेको छ। टाटाले कोभिडको अवस्थालाई ध्यानमा राख्दै अनलाइन पोर्टल समेत सार्वजनिक गरेको छ।

टाटा मोटर्स भारतमा दोस्रो विश्वासिलो ब्राण्डको रुपमा परिचित छ। नेपाली अटो बजारको १५ प्रतिशत हिस्सा टाटा मोटर्सको मात्रै रहेको छ। हरेक वर्ष टाटाले बजार हिस्सा बढाउँदै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .