हुन्डाईको अल्टिमेट एसयुभी बीएस–६ को क्रेटा नेपालमा सार्वजनिक भएको छ।
नेपालमा हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज भर्चुअल रुपमा सार्वजनिक गरेको हो।
हुन्डाईले चार्डपर्व लक्षित गर्दै क्रेटा सार्वजनिक गरेको छ। नयाँ के्रटाको ६ स्पिड मेनुअल ट्रान्समिसन रहेको छ। डिजेल इन्जिनको क्रेटामा १.२ सीआरडीआईको के्रटाले ४ हजार आरपीएममा ११५ अधिकतम पावर रहेको छ। ४ सिलिन्टर रहेको गाडीमा १६ भल्भ रहेका छन्। गाडीमा डिस र ड्रम ब्रेक सिस्टम रहेको छ। ५० लिटरको फ्युल ट्यांक रहेको छ।
डिजेल इन्जिनको इ–प्लस १३ सय ९६ सीसीको हो भने एसएक्स १५ सय ८२ सीसीको गाडी हो। १.५ पेट्रोल इन्जिनका भेरिएन्ट सबै १५ सय ९१ सीसीका हुन्।
डिजेल र पेट्रोल दुवै इन्जिनमा भएका क्रेटा नेपालमा बीएस ४ (प्रदूषण मापदण्ड)को बिक्री हुँदै आएकोमा अब बीएस ६ को नयाँ गाडी बजारमा उपलब्ध भएको छ। बीएस ४ मापदण्डमा बढी प्रदूषण उत्सर्जन हुन्छ भने बीएस–६ मा त्योभन्दा धेरै कम प्रदूषण उत्सर्जन हुन्छ।
सात रंगमा उपलब्ध रहेको यो कारको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ। त्यस्तै अन्तिम मूल्य ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ।
भिडियोः
Shares
प्रतिक्रिया