ad ad

कार


हुन्डाई भेन्यु कार छोटो अवधिमै ४५ हजार बुकिङ

हुन्डाई भेन्यु कार छोटो अवधिमै ४५ हजार बुकिङ

नेपालखबर
साउन ७, २०७६ मंगलबार ७:२६,

हुन्डाई भेन्यु सार्वजनिक भएको छोटो अवधिमै ४५ हजार युनिट बुकिङ भएको बताइएको छ। जुन महिनाभित्र ८ हजार ७ सय ६३ वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ। अहिले धेरै बिक्री हुने मारुती सुजुकी भिटारा ब्रेजा रहेको छ जुन ८ हजार ८ सय ७१ युनिट बिक्री भइसकेको छ।

यो कार मे २१ मा लन्च गरिएको थियो। जुन २२ सम्म यो ३३ हजारभन्दा धेरै युनिट बुकिङ बताइएको छ। ५५ प्रतिशत ग्राहकले ब्लुलिंक भएको भेरिएन्टलाई बुकिङ गरेका छन्। १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क क्षमता रहेको छ। यसमा ६ स्पीड गियरबक्स र यसको ७ लाख ७५ हजारबाट सुरु भई १० लाख ८४ हजार भारतीय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

१.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क रहेछ भने मूल्य ६ लाख ५० हजार र ७ लाख २० हजार भारतीय रुपैयाँ रहेको छ। यसमा ५ स्पीड मेनुअल र १.० लिटर ३ सिलिन्टर टर्बो चार्ज हुने पेट्रोल इन्जिन सुविधा रहेको छ। यसमा १२० एचपी पावर र १७२ एनएम टर्क ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ।

नेपाली बजारमा यसको मूल्य भेरियन्टअनुसार ३५ देखि ५० लाखसम्म पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .