राजनीति


गृहमन्त्री भन्छन्ः अपराधलाई पूर्ण रुपमा निषेध गर्न सक्दैनौं

गृहमन्त्री भन्छन्ः अपराधलाई पूर्ण रुपमा निषेध गर्न सक्दैनौं

नेपालखबर
साउन ७, २०७६ मंगलबार ७:१९,

 गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराधलाई पूर्ण रुपमा निषेध गर्न नसकिने बताएका छन्।

 मंगलबार गृहमन्त्रालयमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले समाजमा अपराध हुँदै आएको, अहिले पनि भइरहेको र भोलि पनि हुने बताए।

उनले अपराधका घटना नियन्त्रणमा गर्न प्रहरी ९७ प्रतिशत सफल रहेको दावी समेत गरे। उनले अपराधका घटना अहिलेमात्रै नभइ विगमा पनि हुने गरेको र पछिल्ला एक दुई धटनालाई जोडेर सरकारको आलोचना भइरहेको उनको भनाई थियो।

उनले नेपालमा मात्रै नभई विदेशमा पनि यसखाले अपराध भइरहने बताए। ‘नेपालमा मात्रै होइन् अरु देशमा पनि अपराधका घटना हुन्छन’, उनले भने, ‘अमेरिकामा पनि हुन्छ।

निर्मला प्रकरणमा राजनीति भयो

गृहमन्त्री थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा राजनीति भएको बताएका छन्।

उनले पन्तको बलात्कारपछि हत्या हुनु जघन्य अपराध भएको बताउँदै सरकार हत्यारा पत्ता लगाउन लागि परेको बताए। ‘सरकार अपराधीको खोजीमा लागिरहेको छ’, उनले भने, ‘हत्या प्रकरणमा गृह मन्त्रालयनै जोडिएको छ, गृहमन्त्री अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद् छ।

उजले सरकार लागि पर्दापर्दै पनि यसखाले घटना पूर्णरुपमा नियनत्रण गर्न नसक्ने बताए।

‘यस किसिमको अपराध नयाँ र पहिलो होइन। निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ’, उनले भने, ‘यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .