ad ad

कार


बुकिङ खुलेको पहिलो दिन नै भारतमा ६५ सय बढी माग भयो कियाको सोनेट

बुकिङ खुलेको पहिलो दिन नै भारतमा ६५ सय बढी माग भयो कियाको सोनेट

नेपालखबर
भदौ ७, २०७७ आइतबार ६:५४,

कियाको सोनेटले भारतीय बजारमा पहिलो दिन नै राम्रो बुकिङ गरेको छ।

बुकिङ खुलेको पहिलो दिन नै ६ हजार ५ सय २३ वटा गाडी बुकिङ भएका छन्। सोनेटको बुकिङ कियाकै सेल्टोसभन्दा बढी हो। सन् २०१९ को जुलाईमा बुकिङ खुलेको सेल्टोसको ६ हजार ४६ गाडी बुकिङ भएका थिए।

सेप्टेम्बरमा भारतमा लञ्च गर्ने योजना रहेको किया अगस्त २० देखि प्रि–बुकिङ खुलाइएको थियो। कम्पनीले भारतमा २५ हजार भारतीय रुपैयाँ तिरेर बुकिङ गर्नसक्ने व्यवस्था गरेको छ।

सोनेट ३ इन्जिन अप्सनमा उपलब्ध हुने गाडीमा फाइभ स्पिड म्यानुअल, सिक्स स्पिड म्यानुअल, सिक्स स्पिड एटी र सिक्स स्पिड आईएमटीको अप्सन पनि हुनेछ। किया सोनेट १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन भेरिएन्टमा उपलब्ध हुनेछ।

कारमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सेन्सर, अटो हेडलाइट, ब्रेक असिष्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता आधुनिक फिचर उपलब्ध हुनेछन्।

किया सोनेट भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर प्लान्टमा म्यानुफ्याक्चर गरिएको हो। यहीबाट विश्वका अन्य देशमा समेत यो कार निर्यात गरिनेछ। कम्पनीले यसलाई कनेक्टेड कारको रुपमा सार्वजनिक गरेको छ।

किया सोनेटमा एलईडी हेडलाइटका साथ एलईडी डीआरएल छ, जुन साइड इन्डिकेटरसँग इन्टिग्रेटेड छ।

सोनेट कम्प्याक्ट एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम, बोसको ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट छन्।

कियाको सेल्टोस गाडी नेपालमा चर्चित गाडी हो। किया मोटर्स नेपालले दशैँसम्म कियाको सोनेट गाडी पनि भित्र्याउने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .