कार


दुई वर्षभित्र युरोपमा विद्युतीय कारको मोडल तेब्बर संख्यामा वृद्धि हुने

दुई वर्षभित्र युरोपमा विद्युतीय कारको मोडल तेब्बर संख्यामा वृद्धि हुने

नेपालखबर
साउन ५, २०७६ आइतबार ७:१६,

आगामी सन् २०२१ सम्ममा युरोपमा विद्युतीय कारका सयौँ मोडलहरु बजारमा आउने भएका छन्। बीबीसीका अनुसार हाल उपलब्ध भएभन्दा तेब्बर संख्यामा विद्युतीय कारका मोडलहरु वृद्धि हुने देखिएको युरोपेली वातावरणीय लबी समूहले जनाएको छ। दुई वर्षभित्र कारनिर्माताले २ सय १४ विद्युतीय कारका मोडल उपभोक्तासामु पुर्‍याउनेछन् ।

यो संख्या सन् २०१८ को अन्त्यसम्ममा ६० वटा मोडलभन्दा धेरै हो । यद्यपि उच्च मूल्य र चार्जिङ पूर्वाधार विद्युतीय सवारीसाधनको लागि नयाँ चुनौती बनेको छ। अनुमान गरिएभन्दा बढी रुपमा उपभोक्ताले पेट्रोल र डिजलको वैकल्पिक सवारीसाधन देख्न पाउनेछन् । युरोपियन फेडेरेसन फर ट्रान्सपोर्ट एण्ड इन्भाइरोन्मेन्ट (टीएण्डई)ले आईएचएस मार्किटले गरेको अनुसन्धानको विश्लेषण गर्दै कार निर्माताहरु विद्युतीय कार उत्पादनमा अत्यधिक चासो दिनथालेका छन् ।

यसअनुसार सन् २०२१ मा कार निर्माताहरुले ९२ वटा पूर्ण विद्युतीय मोडल र १ सय १८ वटा प्लगइन हाइब्रिड मोडल बजारमा ल्याउने देखिएको छ । यदि कार निर्माताहरुको यो योजनाअनुसार काम अघि बढ्यो भने २०२५ सम्ममै २२ प्रतिशत प्लगयुक्त कार निर्माण हुनेछ । यसले उत्पादनकर्तालाई सहजै ईयूको कार सीओ२ उत्सर्जन लक्ष्य ९५जीरकिमि प्राप्त हुनेछ । विद्युतीय कारको सबैभन्दा ठूलो प्लान्ट भने जर्मनी, फ्रान्स, स्पेन र इटालीमा हुने पनि तथ्यांकले देखाएको छ ।

सन् २०२३ सम्ममा युरोपमा १६ वटा ठूलो स्केलका लिथियम ब्याट्री सेल प्लान्ट निश्चित हुँदा ती प्लान्टहरु सञ्चालनमा आउने समेत देखिएको छ । यो हप्तामात्रै चिनियाँ फर्म गिलीको स्वामित्व रहेको लोटसले २० लाख पाउन्ड स्टर्लिङका पूर्ण विद्युतीय हाइपर कार द इभिजा सार्वजनिक गरिसकेको छ । यसको क्षमता प्रतिघण्टा ३ सय २२ किमि गतिको छ । मार्चमा अटोमोबिली पिनिन्फारिनाले सोही मूल्यका विद्युतीय हाइपर कार द बाटिष्टा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad