ad ad

कार


फक्सवागनले चीनमा सन् २०३५ सम्म ५० प्रतिशत इलेक्ट्रिक गाडी बिक्री गर्ने

फक्सवागनले चीनमा सन् २०३५ सम्म ५० प्रतिशत इलेक्ट्रिक गाडी बिक्री गर्ने

नेपालखबर
असार २५, २०७६ बुधबार ८:४२,

विश्वप्रसिद्ध गाडी निर्माता कम्पनी फक्सवागनले सन् २०३५ मा चीनमा हुने आफ्नो गाडी बिक्रीको ५० प्रतिशत हिस्सा न्यु इनर्जी भेहिकल (एनइभी)ले ओगट्ने कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत हर्बट डायसले चीनमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।

डायसका अनुसार फक्सवागन चीनमा यो वर्ष १४ किसिमका इलेक्ट्रिक मोडल प्रस्तुत गर्ने योजनामा रहेको छ।

VW Diess web 1

सन २०२८ सम्ममा चीनमा २ करोड २० लाख इलेक्ट्रिक गाडी उत्पादन गर्ने योजना रहेको उनले बताए। फक्सवागनले यसअघि चीनमा अर्को वर्ष चार लाख एनइभी गाडी र सन् २०२५ मा १५ लाख न्यु इनर्जि भेहिकल बेच्ने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .