ad ad

कार


अब बन्ने विद्युतीय कारले आवाज निकाल्नैपर्ने !

अब बन्ने विद्युतीय कारले आवाज निकाल्नैपर्ने !

नेपालखबर
असार १६, २०७६ सोमबार १५:४६,

नयाँ विद्युतीय कारहरुले आवाज निकाल्नैपर्ने भएको छ । युरोपेली युनियनले सोमबारदेखि यस्तो नियम लागू गरेको बीबीसीले जनाएको छ। आवाजविहीन विद्युतीय कार र भ्यानहरुले सडक किनारामा हिँड्ने मानिसलाई असुरक्षित पार्नसक्ने भएकाले यस्तो नियम लागू गरिएको हो।

हाल आएका विद्युतीय कारहरुले सानो आवाज निकाल्ने भएकाले ईयूले अब आउने नयाँ विद्युतीय कारका लागि नयाँ नियम लागू गरेको बताइएको छ। यसका लागि नयाँ प्रकारका चार पांग्रे विद्युतीय कारहरुले परम्परागत इन्जिनले निकाल्ने आवाजजस्तै हुने गरी इन्जिनमा नयाँ डिभाइस जडान गर्नुपर्नेछ। १९ किमि प्रतिघण्टा गति वा सोभन्दा तलको गतिमा हिँड्दा कारहरुको अकाउष्टिक भेहिकल अलर्ट सिष्टमले अनिवार्य आवाज निकाल्नुपर्नेछ।

कारहरु ब्याक गर्दा, विस्तारै चल्दा सामान्यतया मानिसहरु आसपासमा हुने भएकाले आवश्यक पर्दा चालकले उक्त डिभाइसमार्फत आवाज दिनसक्नेछन् । ईयुको यस्तो निर्णयको स्वागत गरिएको बीबीसीले समाचारमा जनाएको छ।

यद्यपि कतिपयले भने पूरै गतिमा गुड्दा पनि आवाज आउनुपर्ने माग गरेका छन् । नयाँ नियमले सडक वारपार गर्ने मानिसलाई निर्धक्कसाथ बाटो काट्न सक्ने बनाउनेछ । सन् २०२१ पछि सबै नयाँ विद्युतीय कारमा अभास प्रणाली जडान भएको हुनुपर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .