टाटाको अल्ट्रोज कारले क्र्यास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको छ। भारतमा जनवरी २२ मा लञ्च हुँदै गरेको अल्ट्रोजले एनक्यापको क्रयास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको हो।
वयष्कहरुको सुरक्षामा ‘फाइभ स्टार’ पाएको अल्ट्रोजले चाइल्ड सेफ्टीमा भने ‘थ्रि स्टार’पाएको छ। यो कार वयष्कहरुको टाउको र घाँठीको सुरक्षाको लागि सबैभन्दा उपयुक्त देखिएको छ।
यसअघि टाटाकै नेक्सनले ‘फाइभ स्टार’ रेटिङ पाएको थियो।
एनक्यापका प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले टाटाको यो परिणामले अन्य गाडी उत्पादक कम्पनीलाई पनि सुरक्षित कार उत्पादन गर्न प्रोत्साहन गर्ने बताए।
टाटा अल्ट्रोज ५ वटा भेरियन्टमा रहेको रहेको छ। भारत ६ मापदण्डमा निर्मित गाडीमा दुई किसिमका इन्जिन छन्। १.२ लिटर पेट्रोल इन्जिनमा ३ सिलिन्डर, ८६ पीएस र ११३ एन एम टर्क जेनेरेट गर्छ । त्यस्तै १.५ लिटर डिजेल अप्सनमा ४ सिलिन्डर, ९० पीए र २०० एनएम टर्क जेनेरेट गर्छ।
Shares
प्रतिक्रिया