सन् २०१० मा लञ्च भएको निशानको चर्चित विद्युतीय कार लिफ मार्च सुरुमा नेपालमा लञ्च हुने भएको छ।
निशानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसानको पहिलो इलेक्ट्रिक कार आगामी मार्चमा सार्वजनिक गर्ने भएको हो। निशानले २०२० मा नै भारतीय बजारमा समेत लिफ सार्वजनिक गर्दै छ। निशान लिफ विश्व बजारमा धेरै बिक्री भएको विद्युतीय कार मोडल हो।
नेपाली बजारमा विद्युतीय कारको बिक्री बढ्दै गएकाले निशानले लिफलाई नेपाली बजारमा ल्याउन लागेको सेल्स एसिस्टेन्ट जेनेरल म्यानेजर ज्ञानेन्द्र चन्दले नेपालखबरलाई बताएका छन्।
उनका अनुसार नेपालमा ‘लिफ’ ५६ देखि ६० लाखसम्म पर्ने बताइएको छ।
४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको कारमा एकपटक चार्ज गर्दा ४०० किमी कुद्ने चन्दले बताए। यसमा सामान्य चार्जिङबाट फुल चार्ज गर्नको लागि १६ घण्टा लाग्नेछ भने वाला चार्जर बाट ८ घण्टामै चार्ज हुने उनले जानकारी दिए।
प्रतिक्रिया