ad ad

कार


हुन्डाईको भेन्युलाई भारतमा ‘कार अफ द इयर’ अवार्ड

हुन्डाईको भेन्युलाई भारतमा ‘कार अफ द इयर’ अवार्ड

नेपालखबर
पुस ३, २०७६ बिहिबार १०:३२,

हुन्डाई भेन्युले (आईकोटी) इन्डियन कार अफ द इयर २०२० को अवार्ड पाएको छ। आईकोटीको १६ जनाको जुरीले हुन्डाई भेन्युलाई अवार्ड प्रदान गरेको हो।

जुरीले १० वटा कारको शर्टलिस्टमार्फत भेन्यु छानिएको हो । जसमा हुन्डाई भेन्यु, हुन्डाई ग्राण्ड आई टेन निओस, मारुति सुजुकी एस्–प्रेसो, मारुति सुजुकी वागनआर, रेनल्ट ट्रिबर, किया सेल्टोस, एमजी हेक्टोर, टाटा ह्यारियर, निसान किक्स र होन्डा सिभिक् रहेका थिए।

hundai award 1

हुन्डाई भेन्यु २०१९ को मेमा लञ्च गरिएको कम्प्याक्ट एसयुभीले नोभेम्बरसम्म ९० हजार गाडी बुकिङ भई सबैभन्दा लोकप्रिय भएको छ।

भारतमा भेन्युको मूल्य ६ लाख ५० हजारदेखि ११ लाखको बीचमा रहेको छ। यसको मुख्य प्रतिद्वन्द्वी एयुभी सेगमेन्टअन्तर्गतका सुजुकीको भिटरा ब्रेजा, महिन्द्रा एक्सयुभी ३००, फोर्ड इको स्पोट र टाटा नेक्सन रहने देखिन्छ।

तीनवटा इन्जिन अप्सन रहेको भेन्युमा १ लिटर कापा टी–जीडीआई पेट्रोल जसको पावर १२० पीएस र १७२ एनएम जेनेरेट गर्छ। १.२ लिटर कापा पेट्रोल र १.४ लिटर डिजेलका इन्जिन रहेको छ।
भेन्यु ४ वटा भेरियन्टमा बजारमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .