कार


अनमोल केसीले राेजे ७४ लाख पर्ने जिप कम्पास

अनमोल केसीले राेजे ७४ लाख पर्ने जिप कम्पास

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ६:२०,

युवा अभिनेता अनमोल केसीले जिप कम्पासलाई यात्राको साधनका रुपमा रोजेका छन्। वरिष्ठ अभिनेता सुपरस्टार भुवन केसीका छाेरा अनमोलले एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्धनिर्देशक विष्णुकुमार अग्रवालको हातबाट सेतो रंगको जिप कम्पास डेलिभरी लिएका हुन्।

नेपालमा सार्वजनिक भएको एक वर्षमै जिप कम्पासले आफूलाई सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी रोजिएको ‘फोर–डोर, फाइभ–सिटर’का रुपमा स्थापित गर्न सफल भएको छ। यो अवधिमा नेपालका लागि जिपको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले दुई सय ५० भन्दा बढी युनिट जिप कम्पास विक्री गरिसकेको छ।

Jeep 6

‘खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथीका रुपमा रोजेको हुँ। यो एसयुभी नेपाली सडकको अवस्थामा ‘फिट’ छ। म जिप कम्पासको कठोरता, क्षमता र ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने, ‘सुटिङको लागि म धेरैजसो काठमाडौं उपत्यकाबाहिर यात्रा गरिरहेको हुन्छु। अब मेरा सबै गन्तव्यमा जिप मेरा साथमा हुनेछ। म जहाँ पनि गए पनि जिप कम्पासमै जानेछु।’

Jeep 9

‘ए मेरो हजुर ३’ को सुटिङको बेलादेखि नै अनमोललाई जिप कम्पास मन परेको थियो। यो चलचित्रमा कम्पासको सिन राखिएको थियो। ‘अब आफ्नै जिप कम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’ उनले भने। गाडीको डेलिभरीसँगै जिप नेपालले अनमोल केसीको सम्मानमा उनकै चलचित्रको गीतमा ‘फ्ल्यास मोब’ डान्स गरिएको थियो।

जिप कम्पासमा पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ। डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचाज्र्ड इन्जिनमा उपलब्ध छ जसले अधिकतम १७० बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको हुन्छ। त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ जसले १६० बीएचपी बराबरको अधिकतम पावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ। पेट्रोलमा ६ स्पिड म्यानुअल र ७ स्पिड ट्विन क्लच अटोमेटिक ट्रान्समिसन राखिएको हुन्छ।

Jeep 5

जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र ट्रेलहक ट्रिममा उपलब्ध छ। पहिलो पटक डिजेल अटोमेटिक इन्जिन लगाइएको ट्रेलहक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो। यसमो २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन लगाइएको छ जसले १७० बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्न सक्छ।

कम्पास ट्रेलहकमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन र जिप एक्टिभ ड्राइभ ४ बाई ४ लो जडान गरिएको छ। यसमा अटो, स्नो, मड र स्यान्ड मोडबाहक रक मोड थपिएको छ जसले गर्दा कठोर भूगोलमा पनि सजिलैसँग यात्रा गर्न सक्छ।

नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad