सिंगापुरमा ड्रोनजस्तो उड्ने ट्याक्सीको परीक्षण गरिएको छ। जर्मन एभिएसन स्टार्टअप वोलोकप्टरले ड्रोन ट्याक्सी बनाएको हो। साना र साँघुरा सडक, व्यस्त बजारको यातायात क्षेत्रमा क्रान्ति गर्ने कम्पनीले बताएको छ ।
परीक्षण उडानका बेलामा सुरक्षाका लागि पाइलट पनि राखिएको थियो। तर भविष्यमा उड्ने ट्याक्सी ‘फुल अटोनोमस’ हुने विश्वास गरिएको छ।
वोलोकप्टरले सिंगापुरको मरिना बे क्षेत्रमा लगभग तीन मिनेट उडान भरेको थियो। वोलोकप्टरको यो नयाँ प्रविधि दुबई, हेलिन्स्की र लास भेगासमा पनि परीक्षण गरिसकिएको छ।
वोलोकप्टर पुराना हेलिकप्टरको फिचरमा आधारित रही विकास गरिएको हो। वोलोकप्टर विद्युतीय हवाइ ट्याक्सी हो जसले प्रदूषण पनि गर्दैन।
एक रिपोर्टका अनुसार हवाई ट्याक्सी प्रयोग गर्दा ६ डलर प्रतिकिलोमिटर भाडा पर्ने बताइएको छ।
प्रतिक्रिया