अर्थनीति


कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास

कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास

नेपालखबर
पुस १३, २०८१ शनिबार १७:३४, काठमाडौँ

कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ।

शनिवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गरेकी हुन्। चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ। 

लकारको शिलान्यासपछि बोल्दै राणाले जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गरिन्। उनले राजनीतिले मात्रै पेट नभरिने भन्दै रोजगारी, आय आर्जन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिइन्।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय तहहरुबीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिष्पर्धा हुनसकेमात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताए। 

चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरुह अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad