अर्थनीति


रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछः मन्त्री पाण्डे

रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछः मन्त्री पाण्डे

फाइल तस्बिर


नेपालखबर
पुस २, २०८१ मंगलबार ११:५०, काठमाडौँ

सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ। सोमबार राति बुद्ध एयरले काठमाडौँ-राजविराज परीक्षण उडान गरेको हो। 

दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान सुरु गरेको हो। परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुगेका थिए। 

रात्रिकालनि उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान सुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे। 

‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो, यो दशौँ एयरपोर्ट बनेको छ,’ उनले भने, ‘अब राजविराज छायाँमा पर्नेछैन। यो अहिले देखिएको जुन उज्यालो छ। यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउनेछ। यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ। चलायमान बनाउनेछ।’

त्यस्तै कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताए।

उनले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताए। रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad