ad ad

अर्थनीति


प्रधानमन्त्री ओलीले गरे होटल लेमन ट्रिको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे होटल लेमन ट्रिको उद्घाटन

नेपालखबर
भदौ २९, २०८१ शनिबार १२:४०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन्।

साढे दुई अर्ब रुपैयाँको लगानीमा ५ वर्षमा निर्मित १०२ वटा कोठा भएको होटलको प्रधानमन्त्री ओलीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन। यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाए।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे।

‘तपाईँ व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ। काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन। सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङका लागि हामीले प्रविधि बनाइसकेका छौँ,’ प्रधानन्त्री ओलीले भने, ‘तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्। सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .