ad ad

अर्थनीति


कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा 'इन्साइडर ट्रेडिङ' हुन्छ : पूर्वअर्थमन्त्री महत

कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा 'इन्साइडर ट्रेडिङ' हुन्छ : पूर्वअर्थमन्त्री महत

नेपालखबर
साउन २४, २०८१ बिहिबार १८:१६, काठमाडौँ

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो दाबी गरे। उनले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताए। 

उनले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा  इन्साइडर ट्रेडिङ  कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताए। उनले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएको देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताए। 

उनले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताए। डा. महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गरे। 

महतले शेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उल्लेख गरे। उनले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताए। उनले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौतिपूर्ण रहेको बताए। उनले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताए।

समितिमा महतको भनाइः
मैले संसदमा बोलेको कुरालाई लिएर प्रश्न उठाउनु भएको छ। हाम्रो कर्तव्य भनेको के हो भने, हामीले कुनै पनि संस्थाको पक्ष र विपक्षमा बोल्ने काम होइन। तर आम जनता र लगानीकर्ताको विषयमा आफूले बुझे जानेसम्म सुसुचित र खबदारी गर्ने काम हो। 

सांसद र शेयर बजार बुझेको नाताले पनि मैले शेयर बजार बढ्यो,बढ्न हुँदैन थियो भनेर मैले भनेको छैन। अरुले के भने अरुले नै उत्तर दिन्छन्। मैले केही संस्थाहरुको शेयर मूल्य वृद्धि भएको छ। त्यो स्वभाविक देखिएको छैन। त्यसैले लगानीकर्ताहरुले होसियारी पूर्वक सम्बन्धित संस्थाहरुको आधार के हो?  त्यसले कस्ता प्रतिफल दिइरहेको छ ? दीर्घकालमा त्यसको सस्टेन हुने आधारहरु के छन्? त्यसलाई मध्येनजर राखेर लगानीकर्ताहरुले पनि लगानी गर्नुपर्छ। जो नियमक निकाय धितोपत्र बोर्ड हो, नेप्से छ कारोबार गर्ने। नियमन गर्ने निकाय सेवन छ।
नियामक निकायहरुले पारदर्शी अभ्यास भएको छ वा छैन। त्यसको निरन्तर निगरानी गर्नुपर्छ जसले गर्दा आम लगानीकर्ताको पुँजी फस्नु हुँदैन भनेर मैले भनेको हो। 

यो भन्दा कतिपयको विज्ञप्ति नै आएछ। मैले नियमक निकायले पनि सुस्मकोणबाट नियमन गरोस्। त्यहाँ इन्साइडर ट्रेडिङ भन्छ। त्यहाँको सूचनाहरु लिएर बजारलाई म्यानुपुलेट गर्ने प्रवृतिहरु पनि सक्रिया हुँदैनन् भन्ने छैन।  लगानीकर्ताहरुले पनि राम्रोसँग ध्यान दिएर लगानी गर्नुपर्छ। त्यो भन्न नाजायज होइन। मैले आम लगानीकर्ताहरु कै हितमा बोलेको हो। त्यसमा मलाई केही खेद छैन। 

नेप्से भित्र इन्साइडर ट्रेडिङ भन्ने शब्दावली भन्ने शब्द प्रयोग गरिन्छ। त्यहाँ भित्र सूचना लिएर नेप्सेमा लिष्टेड भएका कम्पनीहरु छन्। उनीहरुकै मान्छेहरु त्यहाँ काम गर्छन् भन्ने कुरा धितोपत्र बोर्डकै अध्ययनबाट पनि समस्या छ भन्ने कुरा अर्थमन्त्री भएको बेला बोर्ड जानकारी गराएको थियो। तपाईहरु नियामक निकाय हो। नियमन गर्नुस्। बोर्डले हस्तक्षेप र निगरानी गर्नुपर्छ। शेयर बजारले नै मुलुकको अर्थतन्त्र हाकेको भन्ने होइन। शेयर बजारमा लिष्टेड भएका कम्पनीहरुको हिस्सा महत्वपूर्ण हो। त्यसले मुलुकको अर्थतन्त्र कता जाँदैछ भन्ने इन्डिकेटर गर्छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .