अटोखबर

Tata MotorsTata Motors

टीभीएसद्वारा ‘टीभीएस दशैंको दौड’ योजना सार्वजनिक


नेपालखबर
काठमाडौं, भदौ १०

नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता प्रवद्र्धन योजना ‘टीभीएस दशैंको दौड’ प्रारम्भ गरेको छ।

यो एक यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन्। जो कोहीले पनि टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सक्नेछन्।

यस योजनामा सहभागी बन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट https://tvsnepal.com/dashain मा लग अन गर्नु पर्नेछ र त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ। यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै रु. पाँच हजार देखि रु. एक लाखसम्म नगद राशी जित्न सक्नेछ। यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ।

यतिमै यो पूरा हुने छैन। यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ। जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरीद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टम मा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्भित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, त्यो पनि जित्न सक्नेछ। हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरणगरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गरिनेछ।

प्रवद्र्धन योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष श्री दीपक अग्रवालले भने, ‘जब हाम्रा उपभोक्ता महानुभावहरुको जीवनमा केही मुल्य थप्ने समय आउँछ हामी सधैं केही नयाँ नवीनतम विचारका साथ प्रस्तुत हुने गर्दछौं। हामीे यो योजना लिएर यसकारण उपस्थित भएका छौं कि हामी सम्पूर्ण नेपालीहरुको महान चाडको अवसरमा उनीहरुको जीवनमा अझ बढी खुशी थप्न ग्राहकहरुलाई एकपटक होइन धेरै पटक जितको अवसर प्रदान गर्न चाहन्छौं। हामीलाई पूर्ण विश्वास छ कि यसप्रकारका योजनाहरुबाट हाम्रा उपभोक्ताहरु लाभान्वीत हुनु हुने नै छ, जुन हामीले नियमित रुपमा प्रस्तुत गर्दै आएका छौं।’

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ।

 

भदौ १०, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors