ad ad

बाइक


हस्कभर्ना मोटरसाइकल नेपालमा सार्वजनिक, मूल्य ५ लाख ६९ हजार ९ सय

हस्कभर्ना मोटरसाइकल नेपालमा सार्वजनिक, मूल्य ५ लाख ६९ हजार ९ सय

नेपालखबर
असोज ५, २०७७ सोमबार ७:३६,

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आज नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ।

कम्पनीले स्भार्टपिलेन २५० र भिटपिलेन २५० नेपाली बजारमा सार्वजनिक गरेको हो। स्विडेन मूलको अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्ड हस्कभर्ना केटीएम गु्रपको एक अंश हो र यसलाई हंसराज हुलासचन्द एण्ड कम्पनी लिले नेपालमा ल्याएको हो।

कम्पनीले केटीएम ब्रान्डको अभूतपूर्व सफलतालाई कम्प्लीमेन्ट गर्नलाई हस्क्वाभर्ना ल्याएको जनाएको छ।

हस्कभर्ना मोटरसाइकल केटीएम शोरूमबाट बेचिने कम्पनीले जनाएको छ। यसका लागि केटीएम र हस्कभर्ना दुवै ब्राण्ड बिक्री गर्नको लागि अपग्रेड गरिएको छ। हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा अत्यन्त भिन्न छ।

स्वार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ र अन र अफ(रोड दुवै यात्राहरूको लागि उपयुक्त छ। भिटपिलन २५० मा स्पोर्टी डिजाईन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिंग पोजिसन छ।

२५० सीसीले प्mयूल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल(सिलिन्डर, ४–स्ट्रोक डीओएचसीइन्जिन सुविधाप्रदानगर्दछ, जसलेउच्चगतिमाइञ्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ, जसले गतिशीलता र रोमाञ्चले भरिएको सवारीको अनुभव दिन्छ। कम्प्याक्ट चेसिस डिजाइन, डब्ल्यूपी सस्पेन्सन र प्रिमियम गुणस्तरको कम्पोनेन्टहरूको साथ, हस्क्कभर्ना ट्विन्सले डायन्यामिक प्रदर्शन र उत्कृष्ट सवारीकोआराम सुनिश्चित गर्दछ।

स्वार्टपिलेन २५० र भिटपिलेन २५० को विशेष परिचयात्मक मूल्य एनआरएस ५ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

हस्कभर्र्ना विश्वको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो र यो सन् १९०३ देखि निरन्तर उत्पादन भइरहेको छ। यसले मोटोक्रस रेसिङ्गमा संसारमा वर्षौँको आफ्नो आधिपत्य जमाउँदै आएको छ। आफ्नो अभूतपूर्व स्विडिस निर्माण र शिल्पकौशलका साथ प्रिमियम उच्च प्रदर्शन मेसिनहरु उत्पादन गर्नको लागि पश्चिमी विश्वमा यसले आइकनिक स्थान हासिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .