ad ad

बाइक


एनएस २०० फ्युल इन्जेक्सन प्रविधिको बजाज पल्सर आउँदै

एनएस २०० फ्युल इन्जेक्सन प्रविधिको बजाज पल्सर आउँदै

नेपालखबर
असार २०, २०७६ शुक्रबार ५:१०,

 बजाज पल्सर एनएस २०० फ्युल इन्जेक्सन प्रविधिको साथमा नयाँ मोटरसाइकल ल्याउने भएको छ। यो बाइक वर्षको अन्त्यतिर लन्च गरिने कम्पनीले जनाएको छ।

पल्सर एनएस २०० मा १९९.५ सीसी, लिक्विड कुल्ड, ४ भल्व, फ्युल इन्जेक्टेड जडान छ, ९५०० आरपीएममा २३।५ एचपीको पावर र ८००० आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्नेछ। यसमा इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। नयाँ पल्सरमा फ्युल इन्जेक्सन टेक्नोलोजी र बीएस–६ इन्जिनको प्रयोग गरिने कम्पनीले बताएको छ।

पल्सर एनएस २०० मा ब्रेकिङको लागि फ्रन्टमा २८० एमएम डिस्क र २३० एमएमको रियर डिस्क समावेश गरिएको थियो। नयाँ सेफ्टी मानकको अनुसार यसमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ। बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क्स र रियरमा मोनोसक उपलब्ध रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .