टीभीएस टु ह्वीलरको नयाँ बाइक नेपाली बजारमा आएको छ।
टीभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले कम्पनीको म्याक्स सेमी ट्रृेल १२५ सीसीको बिक्री नेपालमा सुरु गरेको हो।
कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं हालको पिपिएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टीभीएस म्याक्सलाई सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेलपछि मोटरसाइकल सार्वजनिक गरिएको थियो।
विशेषता र मूल्य
यो बाइकमा अफ रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजीलगायतका विशेषता छन्। यसले बाटोघाटो जस्तो भए पनि असहज नहुने कम्पनीको दाबी छ।
टीभीएस म्याक्स सेमी ट्रृेल मोटरसाइकलको निर्माण अत्यधिकपावर दिने गरी, सबैभन्दा बढी सुविधामिल्ने गरी र अत्यधिक माइलेज प्रदान गर्ने गरी गरिएको कम्पनीले जनाएको छ। बाइकमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भने यसको इन्धन ट्यांकीमा १४.५ लिटर भर्न सकिने बताइएको छ।
यो टीभीएस म्याक्स सेमी ट्रृेल देशभर रहेका टिभिएस शो रुमहरुमा उपलब्ध गराइएको छ र हाल यसको बजार मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ।
Shares
प्रतिक्रिया