ad ad

बाइक


भारतमा बीएस–६ लागू हुँदै, यी हुन् बीएस–६ मापदण्डका दुईपांग्रे सवारीसाधन

भारतमा बीएस–६ लागू हुँदै, यी हुन् बीएस–६ मापदण्डका दुईपांग्रे सवारीसाधन

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १२:६,

भारतमा अप्रिल १ देखि बीएस (भारतीय स्टेज) ६ नियम लागू हुँदै छ। यसअनुसार अप्रिलदेखि बीएस ६ भन्दा तलका सवारीसाधनले बिक्री र दर्ता गर्न अनुमति पाउनेछैनन्।

धेरै चारपांग्रे गाडी बीएस ६ मा उत्पादन सुरु गरे पनि दुईपांग्रे सवारीले भर्खर सुरु गरेका छन्। बीएस ६ मा जाँदा इन्जिन नयाँ सेटअप गर्नुपर्ने हुन्छ।

भारतमा उत्पादन भएका बीएस ६ मोटरसाइकल तथा स्कुटर

हिरो स्पेलेन्डर आईस्मार्ट
हिरो मोटोकपले बीएस ६ को मोटरसाइकल भारतमा केही हप्ताअघि सार्वजनिक गरेको छ। भारतीय बजारमा यसको मूल्य ६४ हजार ९ सय भारु रहेको छ। नयाँ फेममा निमार्ण गरिएको छ बाईकमा अन्य बाईकको तुलनामा १० प्रतिशत टर्क बढी रहेको छ। हिरो मोटोकप भारतको पहिलो बीएस ६ दुईपांग्रे उत्पादन गर्ने सर्टिफिकेट पाएको हो।

होन्डा एक्टीभा १२५
भारतीय बजारमा दुई महिनाअघि होन्डा एक्टिभा बीएस ६ १२५ लञ्च गरिएको थियो। यसका भेरियन्ट अनुसार मुल्य ६७ हजार ४०० भारुदेखि ७४ हजार ९९० रहेको छ।

होन्डा एसपी बीएस ६
होन्डा मोटरसाईकल एण्ड स्कुटर इन्डियाले होन्डा एसपी १२५ मोटरसाईकल ७२ हजार ९०० मुल्यमा सार्वजनिक गरेको छ । यसलाई भारतिय बजारमा सुधारिएको स्कुटर भनी व्यख्या गरिएको छ ।

टीभीएस जुपिटर क्लासिक बीएस ६
टीभिएस मोटर्स कम्पनीले ११० सीसीको स्कुटर भारतमा लञ्च गरेको छ । इटी–एफआई टेक्नोलोजीमा निर्मित बीएस ६ पहिलो टीभिएस स्कुटर हो । जसको भारतिय मुल्य ६७ हजार ९११ रहेको छ ।

टीभीएस अपाचे आरटीआर १६० ४भी एण्ड आटीआर २०० ४ भी

रेस टुउन फ्उिल टेक्नोलोजीमा टीभीएस अपाचे आरटीआर १६० ४भी एण्ड आटीआर २०० ४ भी बीएस ६ मा सार्वजनिक भएका छन् । आरटीआर १६० को भारतिय मुल्य करिब १ लाख रहेको छ भने आटीआर २००को १ लाख २४ हजार रहेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

यमहा एफ जेट एफ आई एण्ड एफजेटएस एफ आई

यमहा मोटर्सले ९९ लाखमा भारतीय बजार बीएस ६ एफ जेट एफ आई एण्ड एफजेटएस एफ आइ बजारमा ल्याएको छ । कम्पनीका अनुसार सबै भेरियन्ट बीएस ६ अन्तर्गत उत्पादन भएको बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .