ad ad

बाइक


साढे ३१ लाखसम्म पर्ने होण्डाका महंगा मोटरसाइकल, यी हुन् विशेषता

साढे ३१ लाखसम्म पर्ने होण्डाका महंगा मोटरसाइकल, यी हुन् विशेषता

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ५:३५,

लामो समयदेखि बजारमा साना तथा ठूला सवारीसाधनहरुको कारोबार गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा कम्पनीका नयाँ मोडलका माेटरसाइकलहरू थप गरेको छ।

त्यसमा पनि मोटरसाइकलहरु केही मोडलहरु थपेको छ। पछिल्लो समयमा चल्दै आएका र केही नयाँ मोडलका मोटरसाइकलहरु बजारमा आएको कम्पनीमा कार्यरत कर्मचारी प्रकाश बुढाथोकीले जानकारी दिए।

यी हुन् महंगा मोटरसाइकल
नेपाली बजारमा आएका होण्डा कम्पनीका महंगा मोटरसाइकल ८ वटा छन्। करिब साढे ४ लाखदेखि साढे ३१ लाख मूल्यसम्मका मोटरसाइकल बजारमा आइरहेका छन्।

सीबीआर ६०० आरआर

cbr 600RR
यो मोडलको मोटरसाइकल होण्डा कम्पनीको अहिलेसम्मकै महंगो हो । यसको मूल्य ३१ लाख ५० हजार तोकिएको छ। ६०० सीसी भएको यस मोटरसाइकलको रेस रेडी लिक्विड कूल्ड डीओएचसी १४ भल्भ, ४ सिलिन्डर पावर प्लान्ट यसको प्रमुख विशेषता हो।

होण्डा आरसि २१३ भिबाट प्रेरित, उच्च रिभिङ्ग पावर, सटीक ह्यान्डलिंग भएको यो मोटरसाइकल सीबीआर ६०० आरआर सुपर स्पोट्र्स अखाडामा बनेको हो।

सीआरएफ अफ्रिका ट्वीन
यो मोडलको मोटरसाइकल पनि नेपाली बजारमा नयाँ नै हो। सीबीआर ६०० आरआर पछिको सर्वाधिक मूल्य भएको सिआरएफ अफ्रिका ट्वीन मोडल मोटरसाइकलको मूल्य २५ लाख ५० हजार रहेको विक्रेता कम्पनी होण्डाले जनाएको छ। सन् १९८६मा अफ्रिकामा सुरु भएको सो मोटरसाइकल एनएक्सआर ६५० मोडल डाकार रैलीबाट सुरुवात भएको थियो।

crf africa twin

विश्वको धेरै देशहरुमा कुनैबेला सबैभन्दा बढी चलेको सिआरएफ अफ्रिका ट्वीन मोडलको मोटरसाइकल पछिल्लो समय नेपालमा पनि चर्चित छ। ४ वर्षको लामो समयपछि बनाइएको यो मोडलको मोटरसाइकल आरामदायी पर्यटनको साथसाथै जुनसुकै ठाउँमा पनि यात्रा गर्न सकिने होण्डा कम्पनीका बुढाथोकीले बताए।

ब्रेक (एबीएस) ३१० एमएम भएको मोटरसाइकल दुई फ्लोटिंङ फ्रन्टकै आधारमा जति तीब्र गतिमा गएपनि सहजै रोक्न सकिने बताएको छ।

सीबीआर ६५० एफ
नेपालमा सिबीआर ६५० एफ मोडलको मोटरसाइकल पनि निकै चर्चित छ। करिब २० लाख मूल्य पर्ने यो मोटरसाइकलमा यात्रा गर्न एकदमै सहज हुन्छ। लामो दुरीमा यात्रा गर्दा पनि थकान नलाग्ने, असहज नहुने यसको विशेषता भएको होण्डा कम्पनीले जनाएको छ। पछिल्लो समयमा नेपाली बजारमा १९ लाख ९९ हजारमा कारोबार भइरहेको छ।

cbr650f

कम्पनीका अनुसार सीबीआर ६५० एफ बाइक एकदमै रमाइलो सवारी हो। सामान्यदेखि मध्यम आर्थिक अवस्था भएकाले पनि किन्न सक्ने यो मोटरसाइकलमा इनलाइन चार इन्जिन छ। लामो यात्रा गर्न सकिने, छोटो हलमा पनि राख्न सकिने यसको अर्को विशेषता हो।

सीआरएफ २५० एल रेली
सिआरएफ २५० एल रेली मोडलको मोटरसाइकल पनि पछिल्लो समयमा निकै चर्चित मोडलको मोटरसाइकल हो। नेपाली बजारमा अहिले यसको मूल्य १३ लाख २५ हजारमा बिक्री हुँदै आएको बिक्रेता कम्पनीले जनाएको छ।
यो मोडलको मोटरसाइकल ‘डुअल’ नामको खेल राइडरको लागि बनाइएको हो। एचआरसी सिआरएफ ४५० रेली डाकर कम्पनीसंगको समन्वयमा नेपालमा भित्रिएको हो।

crf250L rally

कम्पनीका अनुसार यो मरुभूमि रेसरको प्रतिस्पध्र्रा विश्वका जुनसुकै ठाउँमा गर्न सकिन्छ। यस बाइकले सवारीलाई एक साहसिक कार्यको वास्तविक स्वाद प्रदान गर्दछ। जसले प्रकाश, सजिलो व्यवस्थापन गर्न मेसिनलाई प्राथमिकता दिन्छ

सीआरएफ २५० एल

crf250L honda
यो मोडलको मोटरसाकलको नेपाली बजारमा मूल्य ११ लाख २५ हजार रहेको छ। होण्डा कम्पनीको सिआरएफ २५० एल मोडलको मोटरसाईकल सहरी क्षेत्रमा बढी प्रचलित छ। कम्पनीका अनुसार रातो रङ भएको यो मोटरसाइकलको पावर फूल इन्जिन भएकोले २४९ सिसि, १ सिलिन्डर भएको यो मोटरसाइको पावरफूल इन्जिन भएकोले बजारमा लोकप्रिय छ।

सीबीआर २५० आर
सीबीआर २५० आर मोडलको मोटरसाइकल होण्डा कम्पनीले ७ लाख ७८ हजार ९ सयमा बिक्री गरिरहेको छ। पछिल्लो समयमा धेरै बिक्री भएको सो मोडलको मोटरसाइकलमा यात्रा गर्दा एकदमै सहज हुने गर्दछ।

cbr250r

बिक्रेता कम्पनीका अनुसार प्रति माइल यात्रा गर्दा केही फरकपनको महसुस हुन्छ। यात्रा सुरु गरेपछि मोटरसाइकलमा नभइ कारमा चढेको जस्तै सामान्य रुपमा गुड्ने गर्छ। ब्रेक पावरमा पनि दुबै टायरमा एकैसाथ सहज तरिकाले ह्वील लक गर्न सकिन्छ।

एक्सआर १९० एल
त्यस्तै एक्सआर १९० एल मोडलको मोटरसाइकल ५ लाख ९४ हजार ९ सयमा बिक्री भइरहेको छ। सबै वर्गले पनि किन्न सक्ने भएको हुँदा बजारमा पछिल्लो समयकै बढी बिक्री भएको होण्डा कम्पनीले जनाएको छ।
बढी पावर, चपलता, अर्थव्यवस्था र अधिक शक्ति नयाँ फरक पार्ने चार विशेषताहरू भएको कम्पनीले जनाएको छ।

xr190L honda aaa

बजार तथा ग्रामीण भेगमा पनि चलाउन मिल्ने सो मोडलको मोटरसाइकल ईन्धन प्रणाली, विशिष्ट ईन्जिन भएको हो। यो मोडलको मोटरसाइकलमा सिलिन्डरमा ईन्धनको सही इंजेक्ट गर्दछ। १२ लिटरको ट्याङ्की भएको हुँदा लामो दुरीका लागि पनि सहज यात्रा हुने, शक्तिशाली ईन्जिन, इग्निशन प्रणाली, रियर क्यारियर, ह्यान्डलबार, साधन क्लस्टर, डिस्क ब्रेक एकदमै बलियो भएको कम्पनीको दाबी छ।

एक्सआर १५० एल
होण्डा कम्पनीको बिग मोटरसाइकल मध्येको सबैभन्दा सस्तो मोटरसाइकल एक्स आर १५० एल मोडलको हो। यसको मूल्य नेपाली बजारमा ४ लाख ८४ हजार ९ सय तोकेको छ।

xr150L honda

कच्ची सडक र पक्की सडकहरु जताततै गुड्न सक्ने यो मोडलको मोटरसाइकलको विशेषता हो। १५० सिसीको पावरफूल इन्जिनले अधिब पावर र कम कम्पन दिने विक्रेता कम्पनी होण्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .