ad ad

बागमती


काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु, तापक्रम कति?

काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु, तापक्रम कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ ७, २०८० आइतबार ८:३५, काठमाडौँ

अहिले (आइतबार बिहान) काठमाडौँ उपत्यकामा पनि बाक्लो हुस्सु लागिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बाक्लो हुस्सुका कारण काठमाडौँ उपत्यकामा अहिले भिजिबिलिटी (पारदर्शिता) २ किलोमिटर मात्रै छ। हवाई यातायातका लागि कम्तीमा २८ सय मिटर भिजिबिलिटी चाहिने भएकाले आज उपत्यकामा हवाई उडान प्रभावित हुन सक्छ। 

तर हुस्सु धेरै बेर नरहने र घामसँगै हट्ने सम्भावना रहेको उनको भनाइ छ।

यस्तै आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

अहिले बिहान ८:४५ बजे पुनः मापन गरिने र त्यतिबेला न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना रहेको उनले बताए। हिजो (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो। 

मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्था रहने सम्भावना छ।

‘बिस्तारै हुस्सु हटेर जान्छ र आकाशमा अलि अलि बादल देखिन थाल्छ’, उनले भने, ‘यसलाई आंशिक बदली भनिन्छ।’ आंशिक बदलीको अवस्थामा घाम पनि लाग्छ। 

देशभरका लागि- आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .