ad ad

बागमती


घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस २२, २०८० आइतबार ९:३७, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम हिजो (शनिबार) भन्दा आज (आइतबार) घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अघि बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस देखिएको हो।

यसअघि आजै बिहान ६:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने हिजो पनि यत्ति नै थियो। 

तर आज त्यसभन्दा पनि घटेर काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको हो। 

यस्तै काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि घट्दो क्रममा छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने अनुमान छ। शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .