ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको घट्यै

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको घट्यै

नेपालखबर
पुस १७, २०८० मंगलबार ७:६, काठमाडौँ

केही दिनयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ओरालो लागेको लाग्यै छ। 

यस क्रममा आज (मंगलबार) बिहान ६:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। 

हिजो (सोमबार) उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले ८:४५ बजे आउनेछ। तर त्यतिबेला बिहानको भन्दा अझ केही घट्ने सम्भावना हुन्छ। 

यही पुस ११ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेर ८ डिग्री सेल्सियसम्म उक्लिएको थियो। त्यसयता फेरि क्रमशः ओरालो लाग्न थालेको हो। 

मौसमविद्का अनुसार मौसम बदली भएर राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश छ्याङ्ग रह्यो भने न्यूनतम तापक्रम घट्छ।  

मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। 
आज काठमाडौँ उपत्यकामा दिउँसो घाम लाग्ने सम्भावना पनि रहेको उनले बताइन्। 

देशभरका लागिपश्चिमी वायुले नेपालको मौसम बदली, उच्च भूभागमा हिमपातको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .