ad ad

बागमती


आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
पुस ३, २०८० मंगलबार १९:४६, काठमाडौँ

आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कममा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज बिहान ८:४५ को मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको हो। 

‘काठमाडौँ उपत्यकाका लागि यो यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्। यस वर्षअन्तर्गत यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यसभन्दा माथि थियो।   

उनका अनुसार देशभरै तापक्रम दिनप्रतिदिन घट्दो क्रममा छ। अहिले साँझ साढे ७ बजेतिर काठमाडौँ उपत्यकाको तापक्रम १२ डिग्री सेल्सियस देखिएको उनले बताइन्।  

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि १६.५ डिग्री सेल्सियसमा झरेको महाशाखाको विवरणले देखाएको छ।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .