आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लोपटकको मापनभन्दा केही घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो। यो नै आजको आधिकारिक न्यूनतम तापक्रम हो।
यसअघि आजै बिहान ६:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको थियो।
हिजो भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री मात्रै थियो। यो नै काठमाडौँ उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम भएको मौसमविद्ले बताएका छन्।
456
Shares
प्रतिक्रिया