नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दाहालसँगे नेकपा एमालेका मकवानपुर जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा प्रवेश गरेका हुन्।
बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले उनीहरूलाई पार्टीमा स्वागत गरे।

कम्युनिस्ट पार्टीमा रहेका नेताहरू कहिल्यै नसच्चिने भएकाले आफू रास्वपामा प्रवेश गरेको दाहालले बताए।
पुराना पार्टीहरूलाई जनताले विश्वास गर्न सक्ने अवस्था नरहेको जिकिर गर्दै उनले थपे, ‘पुराना पार्टीमा बसेर देश बन्छ भन्ने विश्वास रहेन। युवाहरू विदेश पलायन भइरहनुपरेको छ। समाजमा विचलन पैदा भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नै मुलुक परिवर्तनकारी शक्ति हो। त्यसैले कम्युनिस्ट पार्टीमा बस्न मन लागेन। मनमा शान्ति नभएपछि जिल्ला सभापति पद त्याग्दै रास्वपामा साधारण सदस्य भएर बस्न तयार भएको हुँ।’
Shares

प्रतिक्रिया