ad ad

बागमती


देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज, प्रधानमन्त्री हेटौँडा आउँदै

देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज, प्रधानमन्त्री हेटौँडा आउँदै

हेटाैँडा सबस्टेसन


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ७:३८, हेटौँडा

हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज (शुक्रबार) गरिने भएको छ। 

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) हेटौँडा आउँदै छन्।

हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसन चार्जसमेत भइसकेको छ।

हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसन बनेपछि पूर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षा गरिएको छ।

सबस्टेसनबाट हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारण लाइन जोडिने छ।

सबस्टेसनसँगै यसमा जोडिएको प्रसारण लाइन र वितरण लाइनले विद्युत्‌को स्थानीय वितरणदेखि भारत निर्यातसम्ममा स्तरोन्नति गर्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .