बागमती


अस्थायी सभाहलमा बागमती प्रदेश सभा बैठक सुरु

अस्थायी सभाहलमा बागमती प्रदेश सभा बैठक सुरु

नेपालखबर
चैत २४, २०८२ मंगलबार १७:३७, हेटौँडा

बागमती प्रदेश सभा बैठक मंगलबार (आज) प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ। लामो समयदेखि ठप्प रहेको प्रदेश सभा बैठक करिब ८ महिनापछि पुनः सञ्चालनमा आएको हो।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भई भवन ध्वस्त बनेपछि बैठक अवरुद्ध भएको थियो।

त्यसपछि बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका परिसरमा निर्माण गरेको अस्थायी सभाहलमा बैठक सञ्चालन गरिएको हो।

सो सभाहलमा समेत आगलागी भए पनि पूर्ण क्षति नभएकाले मर्मतपछि बैठक सञ्चालन गर्न योग्य बनाइएको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत लिएपछि बसेको यो पहिलो बैठक हो।

आजको बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने लगायतका कार्यसूची तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad