हिजो घटेको सुनचाँदीकै मूल्य आज बढेको छ।
प्रतितोला ४२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ९० हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो तोलामा २५ सय रुपैयाँ घटेर दुई लाख ८३ हजार पाँचसय रुपैयाँमा झरेको थियो।
आइतबार सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेको थियो।
गएको शुक्रबार सुनको भाउ तोलामा ४६ सय रुपैयाँ घटेको थियो बुधबार एकैदिन सुनको भाउ तोलामा १३ हजार रुपैयाँ बढेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा १४४ रुपैयाँ बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया