दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित वेदिङका मतदाताले मतदान बहिस्कार गरेका छन्।
उनीहरू कसैले पनि मतदान गर्न नआएको वेदिङ मतदान केन्द्रका मतदान अधिकृत लोकेन्द्र सिंहले जानकारी दिए।
‘बिहान ११ बजेतिर दुईतीन जना आउनुभएको थियो,’ सिंहले नेपालखबरसँग भने, ‘उहाँहरूले पत्र ल्याउनुभएको रहेछ। हाम्रो समस्या कसैले देखेन। मत माग्न गाउँमै कोही उम्मेदवार पनि आउनुभएको छैन। त्यसैले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मत दिन्नौँ भन्ने व्यहोरा छ।’
उनका अनुसार ४ बजेसम्म एकजनाले पनि मतदान गरेका छैनन्। उक्त केन्द्रमा ११३ जना मतदाता छन्। समानुपातिकतर्फ सोही केन्द्रमा खटिएका ५ जना कर्मचारीले मतदान गरेका छन्।
162
Shares

प्रतिक्रिया