मतदानसम्बन्धी अद्यावधिक जानकारी दिन निर्वाचन आयोगले अहिले साँझ ६:१५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।
आयोगका अनुसार पत्रकार सम्मेलन आयाेगकाे मिडिया सेन्टरकाे हलमा आयोजना गरिनेछ।
देशभरका १६५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि जारी मतदान अहिले अपराह्न ५ बजेसम्म जारी रहनेछ।
यद्यपि लाइनमा बसिसकेका मतदाताले भने यसपछिसम्म पनि भोट हाल्न पाउनेछन्।
छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।
237
Shares

प्रतिक्रिया