आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट एमालेका उम्मेदवार रामेश्वर रानाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्।
रानाको उम्मेदवारी दर्तामा गोपालप्रसाद दाहाल प्रस्तावक र इन्द्रमान स्याङ्तान समर्थक रहेका छन्।
त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका तर्फबाट पूर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्।
बर्तौलाको प्रस्तावकमा राजाराम स्याङ्तान र समर्थकमा सुवासचन्द्र ठकुरी रहेका छन्।
39
Shares

प्रतिक्रिया