राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान सांसद् विराजभक्त श्रेष्ठलाई काठमाडौँ-८ बाट सर्वसम्मतरुपमा उम्मेदवार सिफारिस गरेको छ।
आइतबार बसेको रास्वपा काठमाडौँ क्षेत्र नम्बर ८ समितिको बैठकले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।
रास्वपाका सचिवालय सदस्य समेत रहेका श्रेष्ठ यसअघि पनि काठमाडौँ-८ बाट निर्वाचित भएका थिए।
उनीसँगै रास्वपाले पनि उम्मेदवार सिफारिसको अभ्यास गरेको छ।
780
Shares

प्रतिक्रिया