बागमती


कांग्रेसको समानुपातिक सूचीमा बागमतीका यी हुन् २० उम्मेदवार

कांग्रेसको समानुपातिक सूचीमा बागमतीका यी हुन् २० उम्मेदवार

नेपालखबर
पुस १५, २०८२ मंगलबार २१:१४, हेटौँडा

नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा बागमती प्रदेशबाट २० जनाको नाम समावेश गरेको छ। कांग्रेस नेता अर्जुन नरसिंह केसीदेखि भीमसेन दास प्रधानसम्मको नाम बन्द सूचीमा पठाइएको हो।

पूर्वमन्त्री समेत रहेका केसी र प्रधान दुवैजना अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। 

२०७९ को प्रतिनिधि सभा निर्वाचमा नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका नेता अर्जुन नरसिंह केसी यो पटक समानुपातिक सूचीमा परेका हुन्। जेनजी आन्दोलनपछि चुनाव नलड्ने घोषणा गरेका उनको नाम कांग्रेस नुवाकोटले समानुपातिकतर्फ पहिलो नम्बरमा सिफारिस गरेर पठाएको थियो। 

प्रधान यसअघि काठमाडौँ–६ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा मन्त्री भइसकेका व्यक्ति हुन्। उनको नाम यसपटक समानुपातिकतर्फ सिफारिस गरिएको हो। 

यस्तै, रसुवाका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ पनि समानुपातिकतर्फ सिफारिस भएको छ। जनजाती क्लस्टरबाट तामाङको नाम सिफारिसमा परेको हो। दोलखाबाट छिरिङ डोल्मा शेर्पाको नाम सिफारिसमा परेको छ। 

यता, मकवानपुरबाट पवित्रा सुनार र शर्मीला श्रेष्ठको नाम समानुपातिकमा सिफारिस गरिएको छ। सुनार दलित समुदायको हक हितका लागि सक्रिय छिन् भने श्रेष्ठ पनि मानव अधिकारकर्मी हुन्।

धादिङबाट शान्ता कुमारी तामाङ र सेतामान तामाङ गरी दुई जनाको नाम समानुपातिकको बन्द सूचीमा छ। 

काठमाडौँबाट नियती सिंह, भीमसेन दास प्रधान, नारायण श्रेष्ठ, कमल राज भण्डारी, श्रीविनोद भट्टराई र हरिशरण नेपालको नाम सिफारिस गरिएको छ भने भक्तपुरबाट विनोद कुमार कायस्थ, गणेशमान चक्रधर र डा. गंगालक्ष्मी अवालको नाम सिफारिस गरिएको छ। 

नुवाकोटबाट महेन्द्र थिङ र जगतबहादुर तामाङ, रामेछापबाट ग्याल्जे शेर्पाको नाम समानुपातिक सूचीमा सिफारिस गरिएको छ भने सिन्धुलीबाट नरेन्द्रजंग थापाको नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad