बागमती


नेकपाले मकवानपुरमा सिफारिस गर्‍यो विरोध खतिवडादेखि विजय गौतमसम्मको नाम

नेकपाले मकवानपुरमा सिफारिस गर्‍यो विरोध  खतिवडादेखि विजय गौतमसम्मको नाम

नेपालखबर
पुस १२, २०८२ शनिबार १६:४७, हेटौंडा

नेपाली कम्युनिस्ट पार्टीले मकवानपुरका २ निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नं.१ मा वहालवाला जनप्रतिनिधि ३ सहित १३ जना र क्षेत्र नं. २ मा वहालवाला जनप्रतिनिधि २ सहित ८ जनाको नाम सिफारिस गरिएको हो। 

क्षेत्र नं. १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिंग, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिंगसहित वहालवाला प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलानको नाम सिफारिस भएको छ।

यस्तै क्षेत्र नं. २ मा विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, किशोर बर्तौलासहित वहालवाला प्रदेशसभा सदस्य कुमारी मोक्तान र राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम थिंगको नाम सिफारिस गरिएको छ।

गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ मा राप्रपाका दीपक सिंहले गठबन्धनकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायलाई पराजित गरेका थिए भने क्षेत्र नं.२ मा एमालेका महेश बर्तौलाले गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई हराएका थिए। यसपटक पनि मकवानपुरमा प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्यांग्तान, कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरी सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरेको नाम विभिन्न क्लस्टरअन्तर्गत सिफारिस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad