नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने गर्ने भएको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुनेछ।
जसअनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ।
यस्तै राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।
विद्युत् प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगत कार्य गरिरहेको र भूमिगतकार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो।
तोकिएको काम निर्धारित समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अघि नै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ।
Shares

प्रतिक्रिया